arrow

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
ktm-vacle.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलवार भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि हटाइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए । 

उनले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड-१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए ।

 साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ