arrow

कांग्रेस सहमहामन्त्री थापाले जुटाएको स्वास्थ्य सामग्री लुट्ने एमाले सांसदको प्रयास, घोर भत्सर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
Sunil-Bahadur-Thapa-1.jpg
तस्वीर–कांग्रेस सहमहामन्त्री सुनीलबहादुर थापा, फाइल ।

काठमाडौं । प्रदेश १ सरकारको नेतृत्व गरेको नेकपा एमालेले नेपाली कांग्रेसले जुटाएको स्वास्थ्य सामग्री लुट्ने प्रयास गरेको छ । एमालेका प्रदेशसभा सदस्य राजेन्द्र राईको नेतृत्वमा गएको टोलीले नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री सुनीलबहादुर थापाले जुटाएको स्वास्थ्य सामग्री लुट्ने प्रयास गरेको हो । 

सूर्यबहादुर थापा फाउन्डेशनमार्फत कोरोना भाइरसको स्वास्थ्य सामग्री धनकुटाको प्यासिफिक होटलमा राखेकामा राईको नेतृत्वमा पुगेका १५–२० जनाको समूहले ती सामग्री लुट्ने प्रयास गरेको हो । उक्त समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ल्याएर सूर्यबहादुृर थापा फाउन्डेशन र धनकुटा कांग्रेसको नामबाट बाँड्न लागिएको आरोप लगाउँदै सामग्री लुट्ने प्रयास गरेको हो । उक्त सामान लुटेर प्रमुख जिल्ला अधिकारीमार्फत बााड्ने योजना राईको रहेको पनि बताइन्छ । 

फाउन्डेशनका संस्थापक सदस्य एवं कांग्रेस सहमहामन्त्री थापाका पुत्र सिद्धार्थ थापाले हाम्राकुरासँग भने, ‘कोरोनाको तेस्रो लहर आउँछ भनेर त्यसलाई रोक्नका लागि हामीले निजी क्षेत्रबाट सामान जुटाएर राखेकामा राजेन्द्र राईको अगुवाईमा ती सामानहरु लुट्न कोसिस भएको छ । निजी सामान लुटेर बाँड्न पाइँदैन । नितान्त निजी सामानमा आक्रमण गर्नु गलत हो ।’

उनले आफ्नै पैसा र आफूले जुटाएको स्रोतबाट स्वास्थ्य सामग्री राखिएको भन्दै राजेन्द्र राई र उनका कार्यकर्ताले कब्जा गर्न खोजेकोमा घोर आपत्ति जनाएका छन् । उनले निजी सम्पत्ति कहाँ बाँड्ने भन्ने प्रतिष्ठानको निर्णयमा भर पर्छ भन्दै घटनाको घोर भत्सर्ना गरेका छन् ।  

एक महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटाका लागि स्वास्थ्य सामग्री छुट्टाएको थियो । तर त्यो स्वास्थ्य सामग्री काठमाडौंबाट धनकुटामा नआएको भन्दै थापाले अफबाह फैलाएर फाउन्डेशनको बदनाम गर्ने प्रयास भएको बताए । 

उनले भने, ‘कुनै अनुसन्धान नगरी जाँदा राईले नराम्रो बनेका छन् । पोलिटिकल माइलेज बढाउन भ्रम फैलाउन खोज्नु गलत हो । हामीहरुलाई मेडिकल क्षेत्रमा माफियागिरी गर्न खोजेको आरोप लगाउन खोजिएको छ । यो माफीलायक छैन ।’ 

नेपाली कांग्रेस धनकुटाले समेत उक्त घटनाको घोर भत्सर्ना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ