arrow

कांग्रेसका पाँच नेताले शुरु गरे केन्द्रीय कार्यालयमा रिले अनसन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
congress-rele-anasan.jpg

काठमाडौं । तीन बुँदे माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बुधबारदेखि रिले अनशन थालेका छन् । बुधबारको रिले अनशनका जिल्ला सभापतिसहित पाँच नेता सहभागी छन् ।

रिले अनशनमा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, धादिङ कांग्रेस सभापति रमेश धमला, काभ्रे कांग्रेस सभापति मधु आचार्य र  नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी बसेका छन् ।

क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने, विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न उनीहरुको माग छ ।

त्यस्तै एक मात्र प्रतिनिधि सभा भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि नै सभापति उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन निर्देशिकामा विधानविपरीत राखिएको भन्दै हटाउन पनि माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ