arrow

कांग्रेस पार्टी कार्यालयको रिले अनसनमा शीर्ष नेताको ऐक्यवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
congress-rele.jpg

काठमाडौं । क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेर पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको रिले अनसनमा नेता रामचन्द्र पौडेललगायतले ऐक्यवद्धता जनाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बुधबारदेखि रिले अनशन शुरु गरेका थिए । बुधबारको रिले अनशनका जिल्ला सभापतिसहित पाँच नेता सहभागी छन् ।

रिले अनसनमा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, धादिङ कांग्रेस सभापति रमेश धमला, काभ्रे कांग्रेस सभापति मधु आचार्य र  नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी बसेका छन् ।

क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने, विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न उनीहरुको माग छ ।

त्यस्तै एक मात्र प्रतिनिधि सभा भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि नै सभापति उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन निर्देशिकामा विधानविपरीत राखिएको भन्दै हटाउन पनि माग गरेका छन् ।

अनसन कार्यक्रममा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा.रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, रामकृष्ण यादव, किरण यादव लगायतका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ