arrow

‘आमाको जन्मदिन पारेर ‘बा’ को बालकोटमा डान्स’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
oli-dance.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्नी राधिका शाक्यको जन्मदिन मनाएका छन् । उनी जन्मदिनको अवसरमा गरिएको कार्यक्रममा छमछमी नाचेका छन् । ‘मत भाग्यमानी कति भाग्यमानी.....’ नामक गीतमा ओलीले आफूलाई निकै फुर्तिलो महसुस गर्दै कम्मर मर्काएर नाचेका हुन् । 

ओली निवास बालकोटमा ओलीको भिडियो सामाजिक संजालमा शिव दाहालले राखेका छन् । उनले ‘आमाको जन्मदिन पारेर ‘बा’ को बालकोटमा डान्स’ भनी शीर्षक राखेर ट्वीटरमा भिडियो राखेका छन् । 

जन्मदिनमा कुनै समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक रहेका तर हाल ओलीसँग नजिक रहेका स्वास्थ्य ब्यापारी बीएन्डसी अस्पतालका संचालक दुर्गा प्रसाईसमेत रहेका थिए । 

राधिका शाक्यको जन्मदिनमा एमालेका केही नेता तथा कार्यकतासँगै मानव सेवा आश्रमका मानिसहरु पनि सहभागी थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ