arrow

एमाले फुटेपछिको बैठकमा ओलीको सम्बोधन: केही व्यक्तिको इर्ष्या र अहंकारले पार्टी विभाजन भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
amale-metting.jpg

काठमाडौं। लामो समय अन्तरद्वन्द्धपछि वैधानिक रुपमै विभाजित बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी छ ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले करिब पाँच दशक एउटै पार्टीमा रहेर अलक भएका माधवकुमार नेपाललाई लक्षित गर्दै केही व्यक्तिको इर्ष्या र अहंकारले पार्टी विभाजन गरिएको प्रतिक्रिया दिएका छन् ।

सरकारमा भएको बेला देशलाई सही बाटोतिर अगाडि बढाइरहेका बेला केही मानिसहरुको गैरजिम्मेवार प्रवृत्ति र स्वार्थका कारणले पार्टीभित्र हुँडलो मच्चाउने काम भएको पनि बताए । उनले भने, ‘जसका कारण कम्युनिष्ट आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन भयो। केन्द्र र विभिन्न प्रदेशका सरकार ढाल्ने काम गरियो ।’

उनले अगाडि भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरु बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएको छ ।’

माधव नेपाललगायतका नेताहरु पार्टीभित्र सैद्धान्तिक मतभेद भएर र कसैले लखेटेर वा बस्न नसकेर होइन अहंकार र इर्ष्याका कारण बाहिरिएको ओलीको भनाइ थियो । आन्तरिक समस्या समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदनलगायत विषयमा छलफल गर्न बसिरहेको बैठकमा पार्टीका उद्देश्य, नीति, विचार, कार्यदिशा र बाटो सही भएको जिकिर गरे ।

बैठकका लागि पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ