arrow

एमालेमाथि भइरहेको सबै खुद्रा षडयन्त्रको जवाफ चुनावबाट दिन्छौं : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
kp-sharma-oli-pm.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमार्फत सबै कुराको जवाफ दिने बताएका छन् । उनले एमाले माथि गरिएका सबै षडयन्त्रको जवाफ चुनावबाट नै दिने दृढता देखाएका हुन् ।

युवा संघ नेपालले ललितपुरको लुभुमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको सरकारलाई जनादेशबाट नभई जालझेलबाट हटाइएको बताउँदै एमालेमाथि भइरहेको सबै खुद्रा षडयन्त्रको जवाफ चुनावबाट दिने प्रष्ट पारे ।

स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म एमालेका उम्मेदवारले जित्न कार्यकर्तालाई हौसला दिंदै ओलीले भने, ‘चुनावमा एमालेबाट को उठ्छ मलाई थाहा छैन, तर जो उठ्छ जित्छ । एमालेको कोहीसँग प्रतिस्पर्धा हुँदैन् ।’

एमाले सिध्याइ छाड्छु भनेर लागेका कारण केही नेतालाई सम्झाउन नसकिएको बताउँदै उनले एमालेसँग एक्लै लड्न सकिन्न भनेर अहिले प्रतिपक्षीले मोर्चाबन्दीको कुरा गरेको ओलीको भनाइ थियो । ‘म सुन्छु मोर्चा गर्छन् अरे, एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, एमालेसँग एक्लै कसैले नचिताए हुन्छ’,उनले भने । युवा कार्यकर्तालाई सालिन भएर प्रस्तुत हुन आग्रह गर्दै ओलीले नेता कार्यकर्ता बीचको एकता सृदृढ हुनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ