arrow

बन्द बिद्यालय खुलाउने विषयमा विराटनगर महानगर छलफलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
school-bhim.JPG

विराटनगर । कोभिडका कारण लामो समय देखि बन्द रहेका बिद्यालय खुलाउने विषयमा विराटनगर महानगरले विषय विज्ञ र सरोकारवालाहरु संग छलफल गरेको छ ।

आइतबार विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श लिएका छन् ।

कार्यक्रममा सहभागी विराटनगर महानगरका विद्यालयका सन्चालक,अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिकरुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा पारेको प्रभावका विषयमा समेत चिन्ता ब्यक्त गरिएको छ । लामो समय मोवाइल,ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आखा र मस्तिष्कमा समेत दिर्घकालिन असर पर्ने तर्फ पनि ध्यान दिनुपर्ने औल्याएका थिए ।

छलफलमा उठेका कुराहरुलाई सम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा ७ सदस्य समिति समेत बनाइएको छ ।

जसमा शिक्षक महासंघका बेदु खतिवडा,हिसानबाट भेषराज पोखरेल,एन प्याप्सन र प्याप्सनका तर्फबाट इन्द्र राई,अभिभावक संघ नेपाल बाट देवी पन्थी, सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम रहेका छन् ।

समितिले एक हप्ता भित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्यढाँचा निर्धारण गर्ने छ । समितिले एक प्रकारको खाका तयार गरेपछि कसरी विद्यालय सञ्चालनमा आउछ,आउदैन भन्ने निर्णयमा पुग्ने मेयर पराजुलीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ