arrow

एमालेको अध्यक्षमा उठ्ने ईश्वर पोखरेलको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
Ishor-pokhrel.jpeg.jpeg

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको वसुन्धारास्थित गोधुली फुडल्याण्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका हुन् ।

एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरसम्म काठमाडौंमा हुने  तय भएसँगै उनले यस्तो घोषणा गरेका हुन् ।

पोखरेलले आफू दुई पटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अब अध्यक्षमा उठ्ने बताएका हुन् । आगामी नेतृत्वका लागि हालका अध्यक्ष केपी ओलीलेसमेत इच्छा देखाउँदै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ