arrow

राम्दीमा पहिरोले एकको मृत्यु, ३ घाइते

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
ribdi-sadak.JPG

स्याङ्जा । ३ दिन देखि परेको अविरल बर्षाद्ले स्याङ्जामा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको गल्याङ् नगरपालिका १ धार्मिक स्थल रहेको राम्दीमा पहिरोले दुई घर पुरिदा एक जनाको उद्धारकै क्रममा निधन भएको छ भने ३ जना घाइते भएका हुन् ।
 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार दिउसो ४ बजेतिर माथिबाट आएको पहिरोले पुरिएर वालिङ १४ का धनमाया उम्रा बस्नेतको मृत्यु भएको बताए । 

अधिकारीका अनुसार पहिरोले घर पुरिदा छत्रदेवी गाउँपालिका ५ गुल्मीका वर्ष ३५ की लक्ष्मी बस्नेत, शैनामैना नगरपालिका १ रुपन्देहीका वर्ष १६ का शिशिर योगी र भीरकोट नगरपालिका ५ का वर्ष ३६ का नारायण तिवारी घाइते भएका छन् ।
 
उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि पाल्ला मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ । दीपेन्द्र श्रेष्ठको घर पुरिए पनि मानवीय क्षति भएको छैन भने घाइते बस्नेतले सञ्चालन गरेको होटेल पुरिदा मानवीय क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ