arrow

तारकेश्वरको युवा सङ्घ कमिटी संयोजकमा महर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
suman-maharjan.JPG

काठमाडौँ ।   राष्ट्रिय युवा सङ्घ नेपाल तारकेश्वर नगर कमिटी संयोजकमा सुमन महर्जन चयन भएका छन् । 

मङ्गलवार नेकपा एमालेको भातृसंगठन युवा सङ्घले नगर कमिटी गठन कार्यक्रम गरी महर्जनलाई संयोजक चयन गरिएको हो । 

त्यस्तै सचिवमा सुरज कुमार भट्टराई चयन भएका छन् । नव गठित उक्त कमिटी ५५ सदस्यीय रहेको छ। कमिटी गठन गठनसँगै पदाधिकारीहरूलाई शपथ गराइएको छ । 

कार्यक्रममा  राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेल, बाग्मती प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री केशव स्थापित र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ