arrow

अक्टोबर ५ देखि विन्डोज ११ निःशुल्क अपडेट गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
windows 11 microsoft.jpg

काठमाडौँ। माइक्रोसफ्टले आउँदो महिना अर्थात् अक्टोबर ५ देखि विन्डोज ११ निःशुल्क उपलब्ध हुने बताएको छ । 

मङ्गलवार कम्पनीले औपचारिक रूपमा जानकारी दिँदै अक्टोबर ५ देखि क्रमबद्ध रूपमा विन्डोज १० का प्रयोगकर्ताले विन्डोज ११ अपडेट गर्न सक्ने बताएको हो ।

यद्यपि, विन्डोज ११ सबै कम्प्युटर र ल्यापटपमा भने सपोर्ट हुने छैन । विन्डोज ११ सपोर्ट गर्ने डिभाइसहरूमा निःशुल्क अपडेट गर्न सकिने छ ।

अक्टोबर ५ देखि क्रमबद्ध रूपमा उपलब्ध हुने अपडेट सम्पूर्ण डिभाइसले सन् २०२२ को मध्यसम्म प्राप्त गरी सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ