- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आगामी भदौ २० गते हुने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको कांग्रेस मकवानपुरको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति इन्द्रबहादुर बानियाँले अधिवेशनबारे जानकारी दिदै उनले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनको प्रक्रिया अघि बढाउने बताए । मकवानपुरका १०२ वडामै वडा निर्वाचन प्रतिनिधि पठाउने तयारी सुरू गरिएको छ । यसका लागि २ दिन प्रशिक्षण दिने कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, उपसभापति विष्णुप्रसाद लामिछानेलगायतका नेताहरु उपस्थित थिए ।कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ गतेदेखि २३ गतेभित्रमा गर्न निर्देशन दिएको थियो । मकवानपुरमा भने पार्टीको सहमति जुटाएर भदौ २० गते गरिने भएको प्रवक्ता कोइरालाले बताए ।