arrow

कांग्रेसले प्रतिनिधित्व सम्बन्धी व्यवस्था निर्वाचन निर्देशिकामा सच्यायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिकामा गरिएको व्यवस्था सच्याएको छ ।

कांग्रेसले ‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने’ निणर्य गरेको हो ।

सो विषयमा आपत्ति जनाउँदै बुधबार कांग्रेस केन्द्रीय सदस्य र नेपाल दलित संघका अध्यक्षसमेत रहेका नेता मीन विश्वकर्माले राजीनामा दिएका थिए ।

साउन ३० गते बसेको केन्द्रीय समितिको निणर्यअनुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका कार्य समितिको बैठकमा प्राप्त सुझावका आधारमा सो निर्णय गरिएको जनाइएको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सहमतिमा सो निर्णय भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।



नयाँ