arrow

३३ जिल्लामा धमाधम काँग्रेसको वडा अधिवेशन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजबाट सुरु भएको छ । अहिले देशभरका ३३ जिल्लाका वडामा धमाधम नयाँ नेतृत्वका लागि वडा अधिवेशन जारी छ । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार शुक्रवार पौने तीन बज्दासम्म ३३ जिल्लाबाट अधिवेशन सुरु गरिएको खबर प्राप्त भएको हो । 

‘पौने तीन बज्दासम्म ३३ जिल्लाबाट अधिवेशन सुरु गरिएको खबर प्राप्त भएको छ, आजबाट अधिवेशनको प्रक्रियाको थालनी भयो,’ केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले हाम्रा कुरासँग भने । 

काँग्रेस विधान अनुसार सबै भन्दा तल्लो तहको संरचना वडा तह हो । वडा तहबाट निर्वाचित कार्यसमितिले त्यो भन्दा मुनीको टोल कार्यसमिति चयन गर्ने विधानमा व्यवस्था छ । 

काँग्रेसले २३ भदौ भित्र वडा अधिवेशनमार्फत देशभर ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व स्थापित गर्ने छ । आज प्रक्रिया सुरु नभएका जिल्लामा भने भोलिबाट क्रमशः अधिवेशन हुनेछ । २३ गते भित्र सबै जिल्लामा वडा अधिवेशन सक्ने काँग्रेसको लक्ष्य छ । त्यसपछि २७ भदौबाट पालिका तहको अधिवेशन सुरु हुने छ । 

काँग्रेसले अहिलेसम्म ५६ जिल्लाहरूका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन भने ९ देखि १३ भदौसम्म काठमाडौँमा हुने तय भइसकेको छ ।



नयाँ