arrow

निर्दोष सैनिकले २८ महिनापछि पाए सफाइ : फैसला भने विवेकहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिकले २८ महिनापछि सफाइ पाएका छन् । सफाइ पाए पनि उनीहरूको तीन वर्ष बढुवा रोक्का गर्ने आदेश शुक्रवार सैनिक विशेष अदालतले दिएको छ । 

सैनिक अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले हतियार चोरी प्रकरणमा निर्दोष भए पनि बढुवा रोक्काको आदेश गरेको हो । उनीहरूले चोरेको भनिएको हतियार भरतपुर-२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि सैनिक विशेष अदालतले उनीहरूको मुद्दामाथि सुनुवाइ थालेको थियो ।

गुरुङ र तामाङ भने २०७५ पुसमा सर्ट मेसिन गन (एसएमजी) चोरी हुँदा चितवनको कालीबहादुर गणमा कार्यरत थिए । तर उनीहरू सो घटनाका समयमा कार्यालय भन्दा बाहिर रहेको खुलेको थियो । त्यसपछि तत्कालीन गणपतिसहित ११ जना सैनिक विरुद्ध सेनाले ‘कोर्ट मार्सल’ गरेको थियो । त्यस बेला गणपतिसहित सबै जनालाई बढुवा रोक्काको आदेश भएको थियो । त्यही कसुरमा दुई सैनिकलाई पनि तीन वर्ष बढुवा रोक्काको आदेश दिइएको सैनिक स्रोतले जनाएको छ । 

उनीहरूका पक्षमा अदालतमा बहस गरेका कानुन व्यवसायीहरूले भने निर्दोष रहेका व्यक्तिको बढुवा रोक्का गर्ने फैसला हुनु ठिक नभएको बताउँछन् । गत ७ साउनमा भएको सैनिक जवान भरत गुरुङको हत्याको घटनामा अनुसन्धान सुरु भएपछि दुवै जना निर्दोष रहेको प्रमाणित भएको थियो । सो घटनामा भरतपुर-२१ का ढकाल संलग्न रहेको पुष्टि भइसकेको छ । 

सैनिक समरी जनरल अदालतले बिहीबार मात्रै गुरुङको हत्यामा संलग्न ढकाललाई जन्मकैदको फैसला सुनाएको थियो । पक्राउ परेका गुरुङ र तामाङ भने २०७६ जेठमै आफूहरू निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ भएको थिएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ