काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। शुक्रवारदेखि उनमा सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।
उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ। अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन्।