arrow

कांग्रेस पोखरा ५ को सभापतिमा प्रकाश कोइराला र सचिवमा हरि पन्त निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
prakash-koirala-pokhara-con.jpg

पोखरा । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं ५ को सभापतिमा प्रकाश कोइराला विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४९ मतका साथ कोइराला विजयी भएका हुन् ।

उनका प्रत्यासी जगन्नाथ गौतमले ६४ मत प्राप्त गरे । मतदानका कूल २२१ मत खसेको थियो, जसमा आठ मत बदर भएको निर्वाचन समितिले जनाएको  छ ।

वडा सभापतिका लागि फडिन्द्रराज पराजुली, प्रकाश कोइराला, शुभद्रा कोइराला, जगन्नाथ गौतम र धनन्जय पौडेलले उम्मेदवारी दिएका थिए ।

सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेपनि अन्तिममा कोइराला र गौतमबीच मात्रै मतदान प्रतिस्पर्धा भएको थियो । सभापतिमा निर्वाचित कोइराला २०३९ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका थिए । उनले लामो समय समाज सेवा गरेका थिए । उनले वीपी अध्ययन प्रतिष्ठान कास्कीको सचिव भएर काम गरिसकेका छन् । 

सभापतिमा निर्वाचित भएपछि उनले पार्टीलाई सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई ममन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने आफ्नो सपना भएको स्पष्ट पारे ।

पार्टीको वडा कार्यसमिति उपसभापतिमा गोपालबहादुर थापा र भोलानाथ पराजुली निर्विरोध निर्वाचित भए । उपसभापति पदमा लोकप्रसाद ढकाल र सीता भट्टराईले पनि उम्मेदवारी दिए पनि सहमतिमा फिर्ता लिएका थिए ।

वडा कार्यसमितिको सचिव पदमा हरि पन्त र लेखनाथ पौडेल, सहसचिवमा दिनेश खत्री र भगवती भण्डारी पनि निर्विरोध निर्वाचित भए । 

यसैगरी कार्यसमिति पदमा पार्वती अधिकारी भण्डारी, शालिकराम खड्का, गंगाराम शर्मा, राजेन्द्र प्रसाद भट्टराई, गणेश बहादुर क्षेत्री, योगराज पौडेल, लोकप्रसाद ढकाल, प्रेमकुमारी कंडेल, पार्वती ढुंगाना, शकुन्तला त्रिपाठी, कृष्णकुमारी भुर्तेल, मैयाकुमारी भुर्तेल, सूर्य गुरुङ, रुपा विश्वकर्मा र थारु मुस्लिम निर्वाचित भए ।

यस्तै, क्षेत्रीय प्रतिनिधिमा पुरुषोत्तम पराजुली, रवीन्द्र गिरी, गंगाधर पराजुली, प्रमोद कोइराला, शितल अधिकारी, जयप्रकाश थापा, रामजीप्रसाद कोइराला, हरिप्रसाद पराजुली, भरतराज पौडेल र नारायण प्रसाद अधिकारी निर्वाचित भएका थिए ।

यस्तै सीता शर्मा, पार्वतीदेवी कोइराला, उर्मिला पौडेल, गंगाकुमारी केसी, दिलमाया कोइराला, गोविन्दबहादुर लामिछाने, विजयालक्ष्मी कोइराला, जीवनप्रसाद बाँस्तोला, राजकुमारी थापा, विन्दु कोइराला, रमेशकुमार श्रेष्ठ, अविनाश गुरुङ, सृजना श्रेष्ठ, दुर्गाबहादुर सुनार, अब्दुल रसिद मिया र गोलमाया अधिकारी पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ