- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औंं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा चढेको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासमा पेशी तोकिएको सो रिट ‘हेर्न नभ्याइने’ सूचीमा चढेको हो ।
कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु भएको अघिल्लो दिन विहीबार रिट दायर गरिएको थियो ।
वैद्यले दायर गरेको रिटमा आगामी ९ देखि १३ मंसिरसम्म हुने केन्द्रीय महाधिवेशन कोरोना महामारीका बेला गर्दा लाखौंको स्वास्थ्य जोखिममा पर्ने जिकिर गरेका छन् । उनले महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नुपर्ने माग रिटमा गरेका हुन् ।