- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया अन्तर्गत आज सोमबार ११ जिल्लामा वडा अधिवेशन हुँदैछ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, बागलुङ, नवलपुर, पाल्पा, सल्यान, मुगु, बैतडी र ललितपुर जिल्लामा वडा अधिवेशन हुँदैछ ।
कांग्रेसले वडा अधिवेशन गत १८ गतेबाट शुरु गरेको थियो । यस्तै भोलि २२ भदौमा भने गुल्मी, प्युठान, रोल्पा, कालिकोट र दार्चुलामा वडा अधिवेशन हुँदै छ ।
यस्तै २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा वडा अधिवेशन तोकिएको निर्वाचन समितिले जनाएको छ । यी सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भए कांग्रेसले अहिलेसम्मे क्रियाशील सदस्यता सार्वजनिक गरेका ५६ वटै जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछन् । डडेलधुरामा भने आज मात्रै सदस्यता टुंगाएर पठाइएको छ भने बाँकी २० जिल्लामा कहिले वडा अधिवेशन हुने भन्ने टुंगो छैन ।