arrow

नख्खु कारागारमा भएको झडपबारे गृहमन्त्रीको चासो: चौकिदारले बेथिति मच्चाएको चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
nakkhu.jpg

काठमाडौँ । ललितपुरको नख्खु कारागारमा झडप भएको विषयमा गृहमन्त्री वालकृष्ण खाँणले जानकारी लिएका छन् ।

खाँणले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका हुन् । कारागारमा हिजो आइतबार अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिएका हुन् ।

प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाँणलाई गराएको बताए । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो । अहिले सहमतिमा सामान्य बनाएको जानकारी गराए ।’

जेलभित्र रहेका कैदीबन्दीले सामान किनमेल गर्ने पसलमा सामानको मूल्य बढी लिएको भन्दै कैदीबन्दीले प्रदर्शन गर्दा झडपको स्थिति बनेको थियो ।

सो क्रममा कैदीबन्दी र कारागारका नाइके पक्षबिच सुरुमा विवाद भएको थियो । त्यसपछि कुटाकुट नै भएको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले विवाद समाधान भइसकेको जानकारी दिए । उनका अनुसार झडपपछि कारागार प्रशासन, प्रहरी र कैदी बन्दीबिच छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ