arrow

दार्चुलामा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ भदौ २१ सोमबार
darchula-chamal-helicoptor.JPG

दार्चुला । दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । खाद्यान्न अभाव भएको व्याँस-२ माल र बाढी प्रभावित क्षेत्र दुहुँको लागि खाद्यान्न ढुवानी भइरहेको हो ।  ब्याँस गाउँपालिकाको मालको लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुने जनाइएको छ ।

 गत साउन १५ गते महाकाली नदी माथि लगाइएका तुइन भारतीय एसएसबीले काटिदिएपछि माल गाउँमा खाद्यान्न अभाव भएको थियो । एसएसबीले तुइन काटिदिदा मालका ३३ वर्षीय युवक जयसिंह धामी महाकालीमा बेपत्ता भएदेखि नै सो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन । 

यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढी पहिरोले बाटोघाटो नहुँदा खाद्यान्न अभाव हुने देखिएपछि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी हुन लागेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । दुहुँको लागि १ सय क्विन्टल चामल, ३ क्विन्टल दाल, तेल र नुन, ३ हजार ५ सय मिटर खानेपानीको पाइप हेलिकप्टरमार्फत ढुवानी भइरहेको उनले बताए । 

ब्याँस र दुहुँ गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकप्टरमार्फत सामान ढुवानी गरिरहेको हो । बाढी तथा पहिरोले दुहुँ र व्याँस क्षेत्रमा सडक अवरुद्ध भएपछि सामान ढुवानी हुने अवस्था छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ