arrow

पूँजीबजार सुधार संघर्ष समितिको माग र अर्थमन्त्रीले गभर्नरलाई गरेको फोनले बढायो शेयर  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
share-andolan.JPG

काठमाडौं । पूँजीबजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । मार्जिन कर्जामा १२ करोड रुपैयाँको सिलिङ हट्नु पर्ने सहितका माग राख्दै समितिले बैंकलाई ज्ञापनपत्र बुझाएको हो । 

यसघघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् मार्जिन कर्जामा १२ करोड रुपैयाँको सिलिङ ल्याएको थियो । उक्त सिलिङ हटाउनु पर्नेमा संघर्ष समितिको जोड छ । 

नाराजुलुससहित ज्ञापनपत्र बुझाउन गएका उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स तत्काल दे, शेयरबजार जुवा हैन जिविका हो लगायतका प्लेकार्ड बोकेका थिए ।  

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै आदित्य शिवाकोटी ‘विनायक’ले आफूहरुलाई लुट्नका लागि मन लागे कर बढाउने र मन लागे कर घटाउने काम गलत भएको बताए । उनले संविधानले दिएको आफ्नो वैयक्तिक सम्पत्तिमाथि पनि सरकारले हस्तक्षेप गरेको आरोप लगाए । 

शेयर बजारमा दलाल छिरेर आफ्नो पकड जमाइरहेकाले यो सर्वसाधारणको जिविकाको समेत स्रोत बन्नुपर्नेमा शिवाकोटीको माग छ । 

अर्थमन्त्री र गभर्नरको फोनले बढायो शेयर
अर्थमन्त्री जनार्दन शर्मासँग भएको वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो ऋणको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएलगत्तै शेयरबजार उछालिएको छ ।

मन्त्री र गभर्नरबीच सोमबार बिहान भएको वार्ताको जानकारी सार्वजनिक भएलगत्तै पछि सूचकले छलाङ मारेको हो । अर्थमन्त्री र गभर्नरको टेलिफोन वार्ता र राष्ट्र बैंकले व्यवसायको हकमा शेयर धितो कर्जाको सीमा लागू नहुने जनाएपछि बजार उकालो लागेको हो ।

आइतबार १४७ अंकसम्मले बजार घट्दा लगानीकर्ता आत्तिएका थिए । तर सोमबार भने रेकर्ड राख्दै शेयर बढ्यो । राष्ट्र बैंकले सेयर धितो ऋण एउटै संस्थाबाट ४ करोड र धेरै संस्था भए १२ करोडभन्दा बढी लिन नपाइने नीति ल्याएपछि ओरालो लाग्न थालेको बजार थामिएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ