arrow

डडेलधुरामा कांग्रेसको अधिवेशन अनिश्चितकालका लागि स्थगित 

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ भदौ २२ मंगलबार
ddl-patrakar.JPG

डडेलधुरा । नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाको गृह जिल्लामा क्रियाशील सदस्यता विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । 

केन्द्रबाट सदस्यता थपघट भएको भन्दै चर्किएको विवाद समाधानका लागि बोलाइएको जिल्ला कार्य समितिमा तोकिएका प्रमुख निर्वाचन अधिकृतले पक्षपात गरेपछि वडा देखि जिल्ला हुँदै महाधिवेशनसम्मका सबै प्रक्रिया हाललाई स्थगित गरिएको सभापति कर्ण बहादुर मल्लले पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन र सातौँ जिल्ला अधिवेशनका लागि जिल्ला कार्य समितिले सर्वसम्मत रूपमा समावेश गरिएका क्रियाशील सदस्यता प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको निर्देशनमा ३१२ थप र ५ सय कट गरे पछि उत्पन्न विवादले जिल्लामा हुने भनिएको अधिवेशन नहुने निश्चित देखिएको हो ।
 
पार्टीको केन्द्रीय निर्वाचन समितिले लिस्ट सार्वजनिक गरे पछि विवाद उत्कर्षमा पुगेको र सदस्यता विषयमा छलफल गरिने बैठकमा निर्वाचन अधिकृतले बैठक पुस्तिकामा उपस्थिति नजनाए पछि अर्को पक्षले आधिकारिक नहुने भन्दै पुस्तिकामा हस्ताक्षर गर्न आग्रह गरे पनि देउवा पक्ष का नेताहरू समेतले उपस्थिति गर्न नमानी बैठक बहिष्कार तथा एक पक्षीय रूपमा निर्वाचन तालीका सार्वजनिक गरे पछि जिल्ला कार्य समितिले औपचारिक रूपमा स्थगन गरिएको प्रेस विज्ञप्ति मार्फत सम्बन्धित वडा र तहलाई सूचना प्रवाह समेत गरेको छ । 

बैठक बहिष्कार पछि नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर र पूर्व पार्टी सभापति रघुवर भट्टको निर्देशनमा केही नेता कार्यकर्ताले निहुँ खोजे पछि परिस्थिति तनावपूर्ण हुनुका साथै प्रहरीलाई शान्त गर्न हम्मे हम्मे भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ