arrow

डडेल्धुरा क्रियाशील सदस्यता विवाद देखाएर महाधिवेशन नगर्ने वहाना त हैन ? : डा.शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डडेल्धुरा जिल्लामा देखिएको कांग्रेस क्रियाशील सदस्यता विवाद निम्त्याएर महाधिवेशन नगर्ने वहाना हो कि भनेर आशंका व्यक्त गरेका छन् ।

बुधबार सामाजिक संजालमा प्रतिक्रिया लेख्दै पार्टी सभापति शेर बहादुर देउवाको जिल्ला डडेल्धुरामा देखिएको यस्तो विवादका बारेमा सम्बन्धित निकायले पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत भएको र लोकतान्त्रिक प्रकृया विपरित भएको डा.कोइरालाको भनाइ छ ।

उक्त विषयमा जिल्ला कार्यसमितिले केन्द्रवाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको उनको जिकिर छ ।

उनले लेखेका छन्,‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?’ उनले अगाडि भनेका छन्,‘ यस्तो कृयाकलापले क्रियाशील छानविन गर्ने आधिकारिक निकाय र अझ नमिलेका केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको समितिको विश्वसनियतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको छ ।’ यस सम्बन्धमा समितिले आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न उनले आग्रह गरेका छन् ।

भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भएपनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको आजको स्थितिमा डडेलधुरा घटनाले सबैलाई नराम्ररी झस्काएको डा.कोइरालाको बुझाइ छ ।

‘यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने वहाना त हैन ?’ उनले प्रश्न गरेका छन् । यस्तो क्रियाकलापले  महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा विश्वस्त हुन नसकिने भनएकाले सबै सचेत रहँदै उक्त घट्नको विरोध गर्न डा.कोइरालाले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ