arrow

सभामुखलाई एमालेको प्रश्न : एमाले टुक्राउन किन मतियार बनेको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
agni-sapakota-speaker1.jpg

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेर पार्टी टुक्राउन किन मतियार बनेको भन्दै सभामुखलाई प्रश्न गरेका छन् । 

बुधवारबाट सुरु भएको संसद् बैठकको सुरुमा नै भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा प्रति आक्रामक हुँदै एमाले टुक्राउन किन मतियार बनेको भन्दै प्रश्न गरेका हुन् । 

‘एमालेले कारबाही गरेका १४ जना सांसदलाई बचाउन र नेकपा एमाले टुक्राउन किन मतियार बन्नुभयो ?, संसद्मा भट्टराईले सभामुखलाई प्रश्न गर्दै भने । एमालेले १४ जना सांसदलाई पार्टीबाट कारबाही गर्दा सभामुखले सूचना टाँस नगरी कारबाही रोकेको आरोप लगाउँदै आइरहेको छ । 

एमालेले कारबाही गरेका १४ सांसद सहभागी हुँदासम्म संसद् चल्न नदिने भन्दै अवरुद्ध गरेको छ । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

उपस्थित भएसम्म संसद् चल्न नदिने अडान राखेर बुधवार को बैठक अवरुद्ध गरेको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । त्यसअघि एमाले सांसदहरूले प्रधानमन्त्री र सभामुख विरुद्ध नाराबाजी गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ