arrow

भक्त वीर सिंह तुलाधर फाउण्डेशनको उद्घाटन

माइती नेपाललाई निःशुल्क सेनिटरी भेन्डिङ मेशिन प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
tuladhar-foundation.jpg

काठमाडौँ । आफ्ना दिवङ्गत बुवा भक्त वीर सिंह तुलाधरको स्मृतिमा राजेश वीर सिंह तुलाधरले परिवारका सदस्यहरूलाई समेत समेटेर फाउण्डेशन स्थापना गरेका छन् । मङ्गलवार माइती नेपाल कि संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कमलादी स्थित भक्त वीर सिंह फाउण्डेशनको रजिस्टर्ड कार्यालयको उद्घाटन गरेकी छन् । 

No description available.

उक्त अवसरमा फाउण्डेशनको तर्फबाट ग्रामीण भेगका महिलाहरूको समस्या बुझेर दश थान सेनिटरी प्याड भेन्डिङ मेशिन माइती नेपाललाई निःशुल्क उपलब्ध गराइएको थियो । फाउण्डेशनको यो सहयोगको सराहना गर्दै उनले ग्रामीण भेकका महिलालाई महिनावारीको समयमा आइपर्ने समस्या समाधान गर्न ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्दै उक्त मेशिन माइती नेपालका सदस्यहरू मार्फत ग्रामीण भेकमा पुर्‍याई त्यहाँका महिला दिदी बहिनीहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कोइरालाले बताइन् ।

No description available.

मुनाफा रहित, जनहितकारी, सेवामूलक उक्त फाउण्डेशनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई शैक्षिक सामाग्री, स्वास्थ्य तथा आवश्यक अन्य सामाग्री उपलब्ध गराउने,ज्येष्ठ नागरिकहरूलाई आवास, भोजन तथा स्वास्थ्य सेवा उपलब्ध गर्ने तथा गराउने, विभिन्न रोगबाट पीडित तथा ग्रसित, आर्थिक तथा सामाजिक रूपमा असहाय र गरिब परिवारका बालबालिकाहरूको स्वास्थ्य उपचारमा आवश्यक सहयोग गर्ने, विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमहरू आयोजना गर्ने, विभिन्न खालका महामारी विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, गराउने,ज्येष्ठ नागरिक, असहाय, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको उचित व्यवस्थापनको लागि आवास गृह निर्माण गर्ने लगायतका जनहितकारी कार्य गर्ने फाउण्डेशनका अध्यक्ष राजेश वीर सिंह तुलाधरले जानकारी दिए । आफ्ना पिता भक्त वीर सिंह तुलाधरले समाजसेवी भावनाले गरेका सामाजिक कार्यलाई जीवन्त राख्न बुवाको नाममा फाउण्डेशन संस्थापना गरिएको उनले बताए ।

No description available.

नेपाल लिक्योरका संस्थापक भक्त विरले आफ्नो जीवनकालमा व्यवसायिक जिम्मेवारीको साथसाथै आफ्नो सामाजिक उत्तरदायित्वलाई पुरा गर्दै कमलादी गणेश मन्दिरमा सुनौलो गजुर जडान, रातो महेन्द्रनाथको स्नान स्थलको निर्माण, आर.सी.सी. फुटबल क्लबको स्थापना लगायतका धेरै सामाजिक र परोपकारी कार्य गरी आफूलाई एक सफल व्यवसायीको साथसाथै एक उदाहरणीय समाजसेवीको रूपमा पनि परिचित गराएका थिए ।

लक्ष्मी देवी तुलाधरको संरक्षकत्वमा संस्थापित उक्त संस्थामा राजेश वीर सिंह तुलाधर, सपना साख, रिता सिंह, सरोज भक्त अमात्य, कमल प्रसाद सिटौला, सुरज सिंह ठकुरी, निलराज पौडेल, अभनिश वीर सिंह तुलाधर सहितको कार्य समिति रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ