arrow

कांग्रेस महाधिवेशन रोक्न दायर रिट खारेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
supreme-court-long.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटलाई सर्वोच्चले खारेज गरिदिएको छ । कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटलाई न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खारेज गरिदिएको हो । 

यसअघि सो मुद्दालाई सर्वोच्चले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । वैद्यले दायर गरेको रिटमा आगामी ९ देखि १३ मङ्सिरसम्म हुने केन्द्रीय महाधिवेशन कोरोना महामारीका बेला गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने जिकिर गरिएको थियो । 

उनले महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नुपर्ने माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ