arrow

कांग्रेसको निर्वाचन समिति संयोजक यादवको राजीनामा !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
mahadev-prasad-yadav-nc.jpg

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले क्रियाशील सदस्यतामा शीर्ष नेतृत्वले नै विवाद गरेको भन्दै निर्वाचन समिति संयोजकबाट राजीनामा दिएका हुन् । 

‘यादवजीले राजीनामा दिनु भएको छ, तर रोक्ने प्रयास हुँदैछ,’ स्रोतले हाम्राकुरासँग भन्यो । तर हाम्राकुरासँगको टेलिफोन संवादमा यादवले भने राजीनामा बारे शुक्रबार मात्रै स्पष्ट पार्ने बताए ।

स्रोतका अनुसार यादवलाई सभापति शेरबहादुर देउवाले राजीनामा फिर्ता लिन भनेका छन् । सोही कारण उनले संचार माध्यममा राजीनामा बारे बोलेका छैनन् । 

हाल कांग्रेसले ५६ जिल्लाको क्रियाशिल सदस्यता टुंगाएर वडा अधिवेशन सकेको छ । तर अझै २० जिल्लाको भने सदस्यता नै सार्वजनिक भएको छैन । वडा अधिवेशन तोकिएर पनि अनिश्चित बनेको छ । 

डडेलधुराको सदस्यता त्यहाँबाट पठाएकोलाई काटेर केन्द्रबाट थप गरिएको भन्दै विरोध हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ