arrow

डा शर्माको पहलले मोरङमै पहिलो पटक बेलबारी ४ मा कांग्रेसको सर्वसम्मत नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
dr-sunil-sharma-nobel-hospi.jpg
डा. सुनिल शर्मा

मोरङ । मोरङ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनहरु हुन नसकिरहेको अवस्थामा बेलबारी नगरपालिका वडा नं. ४ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । कांग्रेसका उदीयमान नेता डा. सुनिल शर्माको वडासमेत रहेको वडा नं. ४ मा कांग्रेसको सर्वसम्मत वडा नेतृत्व चयन भएको हो ।

वडामा भएको भेलाले इन्द्रकुमार राईको सभापतित्वमा २७ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ । भेलाले उपसभापतिमा शेरबहादुर थापा र पूर्ण राई, सचिवमा मोहन पौडेल र नारायण मिश्र तथा सह–सचिवमा दुइनकुमार थापामगर र प्रदीप खवासलाई चयन गरेको छ । 

वडामा क्षेत्रीय प्रतिनिधि चयन पनि सर्वसम्मत नै गरिएको छ । क्षेत्रीय प्रतिनिधिको खुल्लातर्फ डम्बर बस्नेत, राजेन्द्र अधिकारी, रामहरी कोइराला, शम्भु भट्टराई र दिनेश सुवेदी चयन भएका छन् । 

आदिवासी जनजातितर्फ चन्द्र लिम्बु, रामकाजी राई, जीवन राई तथा महिला प्रतिनिधिमा इन्दिरा कार्की, सरिता बस्नेत, सीता गुरुङ्ग लगायत चयन भएका छन् ।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि अहिले देशभर वडा अधिवशन भइरहेको छ । तर, क्रियाशील सदस्यता विवादका कारण मोरङमा भने क्रियाशील सदस्यताको अन्तिम नामावली नै प्रकाशन भएको छैन । 

तर पनि बेलबारी ४ मा भने विवाद भन्दामाथि उठेर जिल्लामै पहिलो पटक सर्वसम्मत नेतृत्व चयन गरिएको हो । विवादकैबीच नेता डा. शर्माको नेतृत्वदायी पहलका कारण सर्वसम्मत नेतृत्व चयनले सार्थकता पाएको कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता डा. शर्माले स्थानीयदेखि केन्द्रिय राजनीतिमा पनि प्रभाव पार्दै आएका छन् । 

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलका सञ्चालकसमेत रहेका डा. शर्मा सफल व्यवसायी मात्र नभएर राजनीतिक र सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ