arrow

काठमाडौं जिल्ला कांग्रेस नेतृत्वमा राजु श्रेष्ठको उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
bishwa-prakash-raju-shresth.jpg
विश्वप्रकाश शर्मासँग राजु श्रेष्ठ (बायाँ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढिरहेका बेलामा काठमाडौं जिल्ला नेतृत्वका लागि राजु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा आयोजित कार्यक्रममा श्रेष्ठले काठमाडौं जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । 

काठमाडौंमा आधादजर्न बढी आकांक्षी नेतृत्वका लागि तयार रहेका बेलामा श्रेष्ठले अग्रिम रुपमा उम्मेदवारी नै घोषणा गरेका हुन् । उनी हाल काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हुन् । 

उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ