arrow

योगेश भट्टराई भन्छन् : ज्ञवाली नै प्रवक्तामा यथावत हुनुहुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
yogesh-bhattrai3.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्तामा यथावत रहेको जानकारी दिएका छन् ।

भट्टराईको पद खोसिएको भनि संचारमाध्यमहरुमा समाचार आएपछि उनले शनिबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा उनले पार्टीको २०७५ जेठ २ गतेसम्मको अवस्थामा प्रवक्ताको व्यवस्था नभएको र आफू प्रबक्ता नरहेको बताए ।

भट्टराईले हाललाई पार्टी प्रवक्ता ज्ञवाली नै रहेको स्पष्ट पारे । सर्वोच्चको फैसला अनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख आफू रहेको भट्टराईले बताएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ