- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चलाउन सत्तारुढदेखि प्रतिपक्षी दलसँग सभामुखले सहजीकरण गर्नुपर्नेमा अग्नी सापकोटा एकपक्षीय रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले सभामुख सापकोटा सत्ता गठबन्धनको इशारामा चलेको निष्कर्ष निकालेको हो ।
बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेको अवस्थामा सभामुख सापकोटाको भूमिका ठिक नभएको, .एमाले विभाजनका लागि सहयोगी भूमिका खेलेको आरोप लगाए । उनले भने, घसभामुखले संसद अघि बढाउन सबै दलहरुसँग सहजीकरण गर्नुपर्ने भए पनि प्रतिपक्षी दलसँग छलफल नै गर्दैनन् ।’
बैठकमा विधान अधिवेशनबारे पनि छलफल भएको छ । विधान अधिवेशनमा तीन हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको नेता भट्टराईले जानकारी दिएका छन् । उनले भने,‘ विधान अधिवेशनमा प्रतिनिधि को-को हुने भन्ने विषयमा छलफल गरेका छौं । छलफलका क्रममा केन्द्रीय कमिटी, विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर तीन हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ ।’