- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्ने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा भएको थियो ।
एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसद्ले खेल्ने भूमिकाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।
सभामुख अग्नि सापकोटा एमाले फुटाउने षडयन्त्र गरेको, सत्तारुढ गठबन्धनको इशारामा चलेकाले संसद अवरोध जारी राख्न ओलीले आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएको भट्टराईले संचारकर्मीहरुलाई जानकारी दिए ।
साथै सदनको बैठकमा संयमित र मर्यादित रुपमा प्रस्तुत हुन आफ्ना सांसद्लाई एमालेले निर्देशन पनि दिएको छ । शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भन्ने खबर बाहिरिएपछि ओलीले संयमित भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।