arrow

डडेलधुरा काँग्रेसद्वारा वडा अधिवेशन अस्वीकार

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ भदौ २७ आइतबार
ddl-congrss-.JPG

डडेलधुरा । क्रियाशील सदस्यता विवाद रहेको डडेलधुरामा एकपक्षीय रूपमा गरिएको वडा अधिवेशन नेपाली काँग्रेस डडेलधुराले अस्वीकार गरेको छ । महाधिवेशनको प्रथम प्रक्रियाको रूपमा रहेको वडा अधिवेशन सीमित क्रियाशील सदस्यहरूलाई सुरक्षाको घेरामा राखेर अवैधानिक, अलोकतान्त्रिक रहेको ठहर गर्दै सम्पन्न भएको भनिएको वडा अधिवेशन पार्टीलाई स्वीकार नभएकोले सबै वडा इकाई समितिहरूलाई यथावत् रूपमा पार्टीका नियमित कामकाज गर्न सूचित पनि गरिएको छ । 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाको गृह जिल्लामा जिल्लाबाट सर्व सम्मत पटाइएका सदस्यता मध्ये ४६० काटिएको र ३१२ प्रक्रिया नपुगाई ४३ वडामा सदस्यता फेरबदल भएको र वास्तविक सदस्य, स्थानीय निर्वाचनमा उम्मेदवार बनेका, विभिन्न तहमा पार्टीको जिम्मेवारी लिएका सदस्यहरूको नाम समेत केन्द्रबाट हटाइएको र फर्जी नाम राखेर थपिएकोमा असहमति जनाउँदै एकपक्षीय रूपमा गरिएको अधिवेशनलाई पार्टीले वैधता दिन नसक्ने सभापति कर्ण बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
 
सबै तहको अधिवेशन स्थगित गरिए पनि पार्टी कार्यालयसँग समन्वय नै नगरी होटेलबाट सूचना, तालीका जारी गर्दै निर्वाचन अधिकृतले केन्द्रीय सभापतिको हस्तक्षेप, निर्देशन र दबाबमा एकपक्षीय,सत्ता र राज्य शक्तिको दुरुपयोगमा गरिएको वडा अधिवेशनहरू आम क्रियाशील सदस्यहरूका लागि मान्य नभएको सभापति मल्लले बताए ।

केन्द्रीय तालीका लत्त्याउँदै जिल्ला स्तरीय नेताहरूको अनुकूल हुने गरी मतदान अधिकृत नियुक्त, क्रियाशील सदस्य रहेका शिक्षकलाई मतदान अधिकृत रहन नपाउने वैधानिक व्यवस्थामाथि आक्रमण गरी निर्वाचन गरिएको,नक्कली प्रमाणपत्र दिइएको जस्ता प्रजातन्त्रका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्यमान्यताहरूलाई धज्जी उडाउँदै भएको अधिवेशन लोकतन्त्रको उपहास भएको जिल्ला कार्य समिति पूर्व सचिव लोकराज भट्टले बताए । 

समायोजन सदस्यता पक्षधरका प्रतिनिधि तथा सदस्यता गायब गरिएका अजय मेरु २ का प्रभावशाली नेता रामसिंह ऐरले समायोजनका नाममा स्थानीय जनताले नचिन्ने, साबिक पार्टीमा कुनै आधिकारिकता नभएका व्यक्ति र जनताको नाममा सदस्यहरूको टाउको किनबेच गर्ने काम गरिएको बताए । 

लोकतान्त्रिक पार्टीका केन्द्रीय सभापतिले यस्तो प्रकारको बर्बर दमन, नजरबन्द गरेर कडा सुरक्षाकर्मीको घेरामा वडा अधिवेशन, वडा सभापति विना कार्यक्रम सञ्चालन र निर्वाचन प्रक्रिया सम्पन्न गरिनु, निर्वाचन प्रक्रियाका बारेमा सम्बन्धित जिल्ला पार्टी कार्यालयमा बुझाउनु पर्ने विधान व्यवस्था लत्त्याउनु, भर्खरै पार्टी प्रवेश गरिएकालाई वडा सभापति बनाउनु, साबिक क्रियाशील सदस्यहरूको मानमर्दन गर्दै समायोजनका नाममा थपिनु, जिल्ला सभापतिका उम्मेदवारलाई निर्वाचन समितिमा नियुक्ति गरिनु, इकाई सभापतिहरूलाई निषेध र प्रहरी लगाई बाटोमै छेक्नु जस्ता गैर कानुनी हर्कतले पार्टी अधिवेशन स्वीकार्य र वैद्य नहुने पत्रकार सम्मेलनमा पीडितहरूले बताएका छन् । 

अझै पनि केही बिग्रेको छैन केन्द्रीय सभापतिलाई अनुरोध गर्दै भन्दछौँ नाम काटिएका सदस्यहरूको नामावली यथावत् रूपमा आउनु पर्ने र सहमतिमा अधिवेशन गर्ने जिम्मेवारी आफ्नो रहेको प्रतिबद्धता सहित माग राख्दै बिधिवत रूपमा सबै तहका अधिवेशनहरू सम्पन्न गर्नै वातावरण बनाउन केन्द्रीय सभापति शेर बहादुर देउवालाई जिल्ला कार्य समितिले प्रेस विज्ञप्ति मार्फत आग्रह पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ