arrow

कांग्रेस मकवानपुरका १ सय २ वडाबाट १ हजार ८ सय ३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ भदौ २७ आइतबार
congress-14th-general-convention.jpg

हेटौंडा । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूको नामावली उपलब्ध गराएको छ ।

आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरू रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति विष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला र अन्य पदाधिकारीसमक्ष सो नामावली उपलब्ध गराएको हो ।

नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वतः क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र  थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् । 

त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

गाउँपालिकाबाट निर्वाचित हुनेहरूमा क्रमशः मकवानपुर गढी १३७, राक्सिराङ, १५४, कैलाश, १७९, इन्द्रसरोवर ७८, भीमफेदी १५७, बकैया १९४, बागमती १५४ र मनहरी १६३ जना रहेका छन् ।

कूल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ