arrow

एमालेले निष्कासन गरेका १४ जना सांसद पदमुक्त गर्न भनी दायर रिटको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
supreme-court-long.jpg

काठमाडौं । एमालेले निष्कासन गरेका १४ जना प्रतिनिधि सभा सदस्य(सांसद)पदमुक्त गर्नुपर्ने भन्दै दायर रिटको सुनुवाइ आज सोमबार हुँदैछ । 

उक्त मुद्दा न्यायाधीशद्वय मीरा खड्का र दीपकुमार कार्कीको इजलासमा पेशी तोकिएको छ । सो मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्नेमा सुनुवाइ हुने बुझिएको छ ।

एमालेले माधव नेपालसहित १४ संघीय सांसदलाई निष्कासन गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा भदौ १ गते पत्र पठाएको थियो ।

तर, संसद सचिवालयले सूचना टाँस नगरेपछि नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको थियो । निर्वाचन आयोगले पनि सो दललाई मान्यता दिइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ