- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमालेबाट कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोके पनि रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।
एमालेले माधव नेपालसहित १४ संघीय सांसदलाई निष्कासन गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा भदौ १ गते पत्र पठाएको थियो ।
तर, संसद सचिवालयले सूचना टाँस नगरेपछि नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको थियो । निर्वाचन आयोगले पनि सो दललाई मान्यता दिइसकेको छ । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका थिए ।