arrow

सभामुखले एमालेलाई मात्र वार्तामा बोलाए जान्छौं : एमाले प्रमुखसचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
bishal-bhattarai-oli-ncp.jpg

काठमाडौं । नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई मात्रै छलफलमा बोलाए वार्तामा बस्ने बताएका छन् ।

सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठक नभएर सत्ता गठवन्धनको मात्रै बैठक भएको भन्दै एमालेलाई त्यहाँ मिसाउन जरुरी नभएको बताए । ‘हिजो सभामुखले बोलाएको बैठक सर्वदलीय बैठक होइन, त्यो उहाँहरुको गठवन्धनको बैठक हो, त्यहाँ एमालेलाई मिसाउनुको कुनै अर्थ छैन, त्यही भएर हामी गएनौं, सभामुखले एमालेसँगको समस्याका लागि एमालेसँग नै वार्ता गर्नु पर्छ, हामी बस्न तयार छौं,’ एमाले प्रमुख सचेतक भट्टराईले हाम्राकुरासँग भने ।

उनले आफ्नो दलले कारवाही गरेका १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस्नु पर्नेसमेत दाबी गरे ।तर वार्ता र सहमतिको प्रयासमा भने सो सूचना टाँस नगर्दा पनि एमाले बस्न तयार रहेको उनले भनेका छन् । ‘एमालेले कारवाही गरेका १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस्नु पर्छ, तर वार्ता र सहमतिको प्रयासमा भने सो सूचना टाँस नगर्दा पनि एमाले बस्न तयार छ, उहाँले बोलाउन चाहनु भएकै छैन,’ एमाले प्रमुख सचेतक भट्टराईले अघि भने ।

सोमबार भएको सर्वदलीय बैठकमासमेत सहभागी नेताहरुले सभामुख सापकोटालाई एमालेसँग वार्ता गर्न सुझाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ