arrow

निमोनियाले ४५ वर्षको अल्पायुमै रहेनन् पत्रकार चौहान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
bindu-chauhan-patrakar.jpg

बुटवल । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा निधन भएको हो ।

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले जनाएको छ ।

चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य थिए । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ