arrow

कांग्रेसले काठमाडौंसहित थप ११ जिल्लाको क्रियाशील सदस्यता टुङ्गायो, ९ जिल्लाको आजै टुङ्गाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौंसहित थप ११ जिल्लाको क्रियाशील सदस्यताको नामावलीमा देखिएको विवाद टुङ्गाएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको विवाद समाधान उच्चस्तरीय कार्यदलले कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद टुङ्गाएको हो । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ खतिवडाले ११ जिल्लाको सदस्यता मङ्गलवार नै टुङ्गिएको र बाँकी ९ जिल्लाको पनि आजै टुङ्गाएर पठाइने जानकारी निर्वाचन समितिले पाएको बताए । 

सिटौला नेतृत्वको कार्यदलले मङ्गलवार काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको सदस्यता विवाद समाधान गरेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिको बैठक आजै बस्ने र सदस्यता टुङ्गिएका जिल्लामा निर्वाचन अधिकृत तोक्दै नामावली पठाइने निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिए । 

कांग्रेसले हालसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । तर त्यसमध्ये पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशनमा भने विवाद भएको छ । 

कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन सत्ता र शक्तिका आडमा गरिएको र धाँधली भएको भन्दै पुनः अधिवेशनको माग गर्दै आइरहेको छ । 

कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेलधुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ