- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा रहेका नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारीले 'जोन वाह्र अर्लि करियर' पुरस्कार पाएका छन् । नासाको क्यालिफोर्निया स्थित जेट प्रोपल्सन प्रयोगशालामा सुरेन्द्र अधिकारी पृथ्वी र अन्तरिक्ष सम्बन्धी अन्वेषण गर्ने वैज्ञानिक हुन् ।
वैज्ञानिक अधिकारीलाई अमेरिकी भुभाैतिकी संघ (एजीयु)ले पुरस्कृत गरेको हो । सन् १९१९ मा अमेरिकामा स्थापित एजीयुले पृथ्वी र अन्तरिक्षका क्षेत्रमा रहेका वैज्ञानिक, अन्वेषक एवं खोजकर्ताहरूका क्षेत्रमा काम गर्दै आएको छ ।
पृथ्वी एवं अन्तरिक्ष क्षेत्रमा योगदान दिने वैज्ञानिक एवं खोजकर्ताहरुलाई पुरस्कृत गर्दै आएको एजीयुले सन् २०२१ को जोनवाह्रअर्लि करियर पुरस्कारबाट वैज्ञानिक अधिकारीलाई सम्मानित गरेको हो ।
हाम्राकुरासँग बोल्दै वैज्ञानिक अधिकारीले यस वर्षको जोन वाह्र अर्लि करियर पुरस्कारबाट सम्मानित हुन पाएकाेमा खुसी व्यक्त गरे ।
वैज्ञानिक अधिकारीले नासामा हिमताल, बरफ, समुद्री सतह, भूभौतिक एवं पृथ्वीको ज्यामितीय आकारका क्षेत्रमा अनुसन्धान एवं अन्वेषण गर्दै आएका छन् । उनले जलवायु परिवर्तनका कारण ध्रुविय हिँउ पग्लिएर पृथ्वीको घुम्ने गति र दिशामा परिरहेको असरबारे बिशेष खोज गरेका थिए ।