संविधान दिवसमा ५३४ कैदी बन्दीको कैद मिनाहा गर्न सिफारिस : ७ जनालाई आममाफी दिइँदै
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
610
Shares
काठमाडौँ । संविधान दिवसका अवरमा कैद जीवन भुक्तान गरिरहेका ५३४ कैदी बन्दीको बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । गृह उच्च स्रोतका अनुसार मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहा लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
यस्तै ७ जना कैदी बन्दीलाई भने आममाफी दिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिएको छ । उनीहरू विभिन्न राजनीतिक मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।
गृह मन्त्रालयले ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा रहँदा गलत क्रियाकलापमा संलग्न नभएका र असल चालचलन भएका ५३४ कैदी बन्दीलाई कैद माफी गर्न सिफारिस गरिएको जनाएको छ ।