- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि उदयपुरका आठवटै पालिकाको ७५ वडामा घोषित मितिमै वडा अधिवेशन सकिएको छ । कतै छिटफुट चुनावी प्रक्रियामार्फत नेतृत्व चयन भए पनि अधिकांश वडाहरुमा सर्बसम्मत प्रतिनिधि र कार्य समितिहरु चयन भएको जिल्ला निर्बाचन अधिकृत खुशीलाल गौतमले बताए ।
२७ भदौमा तोकिएको गाउँ तथा नगरपालिकाको अधिवेशन करिब १५ दिन पछाडी असोज ९ गतेलाइ धकेलिएपछि निर्वाचनमा होमिएका उम्मेदवारहरुले केही दिनका लागि विश्राम लिएका छन् । केन्द्रमा रहेको गुटको प्रभाव स्थानीय तहसम्म देखा परेको छ । वडातहदेखि नै गुटले प्रशय पाएको छ । परिणामतः सबै पालिकामा संस्थापन र संस्थापन इतर पक्ष चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाका १६ वटा वार्डमा ३ सय ८२ मतदाताबीच संस्थापन पक्षबाट १० नं वडाध्यक्ष प्रकाश कुमार खडका र पूर्व नगर सचिब सुमन चौधरीले संस्थापन इतरबाट प्रतिस्पर्धा गर्दैछन् । दोस्रो ठूलो कटारी नगरपालिकाका १४ वडामा २ सय ६४ मतदाता बिचमा संस्थापन पक्षका प्रेम बहादुर थापा र संस्थापन ईतरबाट प्रकाश थापा चुनाबी मैदानमा छन् । संस्थापनका थापा २ नं वडाका वडाध्यक्ष समेत रहेका छन्।
त्यस्तै तेस्रो ठुलो नगरपालिका चौदण्डीगढीमा राजेन्द्र पौडेल र राम कुमार खडका चुनाबी रेसमा छन् । पौडेल निबर्तमान सभापति र संस्थापन पक्षका हुन भने खडका १० नं वडाध्यक्ष र संस्थापन इतरका हुन् । पूर्वसहरी बिकास मन्त्री तथा बर्तमान संघीय सभासद् डा.नारायण खडका यहीका मतदाता हुन यहाँ १० वटा वडामा १ सय ८३ मतदाता रहेका छन् ।
कान्छो नगरपालिकाको रुपमा परिचित बेलका नगरपालिकामा ९ वडा र १ सय ४८ मतदाता बिचमा संस्थापन पक्षका उम्मेदवार अशोक कार्की, बाबुराम थापा र स्वतन्त्र हैसियतमा प्रेमअधिकारी चुनाबी दौडमा सामेल भएका छन् । कार्की नगरप्रमुखका प्रत्यासी थिए ।
चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा रौतामाइ गाउपालिकाका ८ वटा वडामा सभापतिका लागी संस्थापन पक्षबाट टेक बहादुर दाहाल र घमान मगर संस्थापन इतरबाट मैदानमा छन । रौतामाइमा १ सय ३ मतदाता रहेका छन् ।
उता दुर्गम गाउपालिका लिमचुङ्बुङमा गाउँपालिकामा उपाध्यक्ष रमिला राइ, नेत्रबहादुर कार्की र सुशील राइकाबीचमा भिडन्त हुनेछ । ५ वटा वडा रहेको यस पालिकामा ८३ मतदाता रहेका छन् । यता ताप्ली गाउँपालिकामा दिप कुमार रास्कोटी र माधव रास्कोटी प्रतिस्पर्धामा रहेपनि दिप कुमार रास्कोटीमा सर्बसम्मत हुनेमा दुई मत नरहेको नेपाल ट्रेड युनियन काग्रेसका जिल्ला उपाध्यक्ष नारायण ठकुरी बताउँछन् ।
उदयपुरगढी गाउपालिकामा ८ वटा वडामा १ सय २७ मतदाता रहेकोमा केही समय अगाडिसम्म ३ जनाबीच प्रतिस्पर्धा भनिए पनि यम बहादुर पाण्डेको नाम सर्बसम्मतको प्रयास रहेको नेपाली काँग्रेसका पुराना कार्यकर्ता पुष्प गुरागाइ बताउँछन् । उदयपुमा एउटै पक्षको बाहुल्यता नहुने र मिश्रित परिणाम आउने अधिवेशनलाई नजिकबाट निहालिरहेका विश्लेषकहरुको दाबी छ ।