arrow

देश बनाउन एमाले चाहिन्छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
kp-oli-balkot-meet.jpg

बुटवल  ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन एमाले चाहिने बताएका छन्  । नेकपा (एमाले) रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङ मार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।”
  
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गरे । उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे ।  उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले  अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । 

उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ