arrow

ऐतिहासिक तीन दिने अन्तरिक्ष भ्रमण सफल, पृथ्वीमा फर्किए चार यात्रु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
space.jpg

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको ऐतिहासिक अन्तरिक्ष भ्रमण मिसन सफल भएको छ । अमेरिकी समय अनुसार शनिवार बेलुकी सात बजेर ६ मिनेटमा चार नागरिकले फ्लोरिडाको तटमा अवतरण गरेका हुन् ।

कुनै पाइलट या चालकबिना नै मानिसहरू अन्तरिक्ष भ्रमण गएको यो पहिलो मिसन हो । त्यसै कारण यो मिसन ऐतिहासिक बनेको हो ।

चार नागरिकहरू तीन दिन पृथ्वीभन्दा ५ सय ७५ किलोमिटर माथि अन्तरिक्षमा तीन दिन बिताएर सकुशल फर्केका हुन् । उनीहरूले भ्रमण गरेको एवं अन्तरिक्षमा गएको ड्रेगन सफलतापूर्वक पृथ्वीमा अवतरण भएको हो । यो मिसनलाई इन्सपाइरेसन ४ नाम दिइएको छ ।

३८ वर्षीय अमेरिकी अरबपति जारेद आइज्याकम्यानले यो मिसनको खर्च व्यहोरेको बताइएको छ । उनीसहित यो भ्रमणमा  अमेरिकी वायुसेनाका पूर्व अधिकारी ४२ वर्षीय क्रिस्टोफर सेम्ब्रोस्की, क्यान्सर रोग जितेकी २९ वर्षीया हेली आर्सनउक्स (जुन अन्तरिक्षमा जाने सबैभन्दा युवा अमेरिकी पनि बनिन्) र ५१ वर्षीया जिओसाइन्टिस्ट सिया प्रोक्टर रहेकी थिइन् । 

सिफ्टफोर पेमेन्ट र आइज्याकम्यानले सेन्ट ज्युड चिल्ड्रन्स हस्पिटलका लागि २० करोड अमेरिकी डलर फन्ड जुटाउन यो मिसनमा खर्च गरेका हुन् । बालबालिकामा हुने क्यान्सर रोगबारे अध्ययन एवं अनुसन्धानका लागि सेन्ट ज्युड चिल्ड्रन्स हस्पिटलका लागि फन्ड जुटाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ