arrow
ADVERTISEMENT

संविधान दिवसमा मधेस केन्द्रित दलको दोहरो रणनीति

कालो दिवस पनि मनाउने, सुविधा पनि लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
jasapa-thakur-yadav-team.jpg

काठमाडौँ । संविधान जारी भएको दिन असोज ३ गते लोकतान्त्रिक समाजवादी पार्टीले कालो दिवस मनाउने भएको छ । कालो दिवस मनाउँदै आइतबार उक्त पार्टीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भने आइतबार दिनभर मौन बस्ने भएको छ । न समर्थन गर्ने, न विरोध गर्ने जसपाको नीति रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । 

२०७४ को प्रतिनिधि सभा चुनाव पछि लोसपाका नेताहरू केपी ओली नेतृत्व सरकारमा सहभागी भइसकेका छन् । सर्वोच्चको निर्णयबाट उनीहरू सरकारबाट बाहिरिएका हुन् । तत्कालीन राष्ट्रिय जनता पार्टी प्रदेश २ सरकारमा पनि सहभागी भइसकेको छ । हाल सो पार्टी प्रदेश २सरकारबाट बाहिरिएको छ । सार्वजनिक पदमा रहेका लोसपाका नेताहरूले संविधानले दिएको सबै सुविधा उपभोग गरेका छन्। २०७४ को प्रतिनिधि सभाको चुनाव पछि जेष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरले प्रतिनिधि सभाका सांसदहरूलाई सपथ समेत खुवाएका थिए । 

संविधान जारी भएको ३ वर्षसम्म तत्कालीन उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीले असोज ३ मा कालो दिवस मनायो । त्यसपछि त्यस पार्टीले कालो दिवस मनाउन छाड्यो । तत्कालीन राजपाले भने सुरु देखि नै असोज ३गते कालो दिवस मनायो । जसपा गठन हुनुभन्दा पहिले तत्कालीन तराई ÷मधेस केन्द्रित ६ दलहरूले पनि असोज ३मा कालो दिवस मनाएका थिए । 

तराई मधेस केन्द्रित दलहरूले मधेसको भावना आफू तीर तान्न कालो दिवस मनाउने गरेका छन्। यद्यपि, उनीहरू संविधान अनुसार चुनावमा सहभागी भएका छन् र सरकारमा पनि गएका छन् । 

तराई मधेस केन्द्रित अहिले दलहरूले संविधान संशोधनको मुद्दा उठाउने गरेका छन् । पहिले उनीहरूले संविधान पुनर्लेखनको मुद्दा अघि सारेका थिए तर अहिले पुनर्लेखनको मुद्दाबाट पछि हटेर संविधान संशोधनको मुद्दामा अडान लिएका छन् । ‘संविधान पुनर्लेखन भनेको संविधानलाई पुरै अस्वीकार गर्नु हो । जुन एजेन्डामा हामी छैनौ । हामी संशोधनको एजेन्डामा छौ’लोसपाका नेता केशव झाले भने‘यो भनको संविधानलाई आंशिक रूपमा स्वीकार गरेको रूपमा बुझ्नु पर्छ ।’ 

लोसपाले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी कालो दिवस मनाउने तयारी गरेको छ यता, प्रदेश २को सरकारमा सहभागी भएका जसपाका नेताहरू आइतबार दिनभर चुप बस्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ