arrow

सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशन मंगलबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
nepali-congress-flag.jpg_1618043342.jpeg

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।  

जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ ।

गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । 

सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ