arrow

क्रियाशील सदस्यहरुको घरमा कांग्रेसको घरदैलो कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
congress-14th-convention-gh.jpg

काठमाडौं । नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं. ७ का क्रियाशील सदस्यहरुले सोमबार क्रियाशील सदस्यहरुको घरमा घरदैलो कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शंकर थापाको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का क्रियाशील सदस्यहरुले क्रियाशील सदस्यहरुको घर घरमा गई घरदैलो कार्यक्रम गरेको क्षेत्रीय प्रतिनिधिका उम्मेदवार सहदेव कार्कीले जानकारी दिए । 

कांग्रेस नेता नारायण कार्कीको घरबाट घरदैलो कार्यक्रम शुरु गरिएको कार्कीले जानकारी दिए । घरदैलो कार्यक्रममा ७ नं. वडाका इकाई सभापतिका उम्मेदवार रञ्जन न्यौपाने, उपसभापतिका उम्मेदवार भगवान कार्की, क्षेत्रीय प्रतिनिधिका उम्मेदवार शर्मिला कार्की थापा, लक्ष्मण पुरी, सहकुल थापा, नहकुल थापा, दीपेन्द्र पोखरेल लगायत ७ नं. वडाका क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ