arrow

पहिले दल विभाजन अध्यादेश खारेज, त्यसपछि सरकार विस्तार : उपेन्द्र यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका हुन् । 

‘पहिलो, कुरा सरकारलाई पूर्णता दिन मन्त्रालयको बाँडफाँड हुनुपर्छ, त्यो भएको छैन, दोस्रो दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै मन्त्रीपरिषद्को बिस्तार हुन्छ, सरकारले पूर्णता पाउँछ ।’ यादवले सञ्चारकर्मीहरूसँग भने । 

उनले दल विभाजन सम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले त्यसको खारेजी पहिलो आवश्यकता भएको बताए । 

सो काम सरकारले छिटै गर्ने भन्दै यादवले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने, लोकतन्त्रलाई अस्थिर बनाउने अध्यादेशका पक्षमा आफ्नो दल नरहेको उनले भनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ